बझाङमा एमालेका भण्डारीको अग्रता, दोस्रोमा माओवादीका बुढा

छविसपाथिभेरा गाउँपालिका वडानम्बर १ र ७ वडा लगाएत थलारा गाउँपालिका ९ को मत गणना हुँदा नेकपा एमालेका दमन भण्डारीले १८०६ मतका साथ अग्रता लिएका छन् भने दोस्रेमा माओवादी केन्द्रका जनक बुढाले १२७४ मत ल्याएका छन्।

बझाङमा एमालेका भण्डारीको अग्रता, दोस्रोमा माओवादीका बुढा
काठमाडौं । बझाङ प्रदेश सभा १ (१)को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तेस्रोमा पुगेका छन्। छविसपाथिभेरा गाउँपालिका वडानम्बर १ र ७ वडा लगाएत थलारा गाउँपालिका ९ को मत गणना हुँदा नेकपा एमालेका दमन भण्डारीले १८०६ मतका साथ अग्रता लिएका छन् भने दोस्रेमा माओवादी केन्द्रका जनक बुढाले १२७४ मत ल्याएका छन्। यस्तै, नेपाली कांग्रेसका अविशेक सिंह ११२८ मतसहित तेस्रो स्थानमा छन्। दिलबहादुर सिंह (समाजवादी) ले ७२१ मतसहित कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन्। अहिले खप्तडछान्ना गाउँपालिकाको मत गणना सुरू भएको छ।