काठमाडौं । इलाम-२ मा जारी उपचुनावअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिलन लिम्बूले मतदान गरेका छन् । सुहाङले इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान गरेका हुन् ।
यस्तै लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा मतदान गरेका हुन् । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस बाटै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन्
सोही मतदान केन्द्रमा ईलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समेत मतदान गरेका छन् ।
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । इलाम-२ र बझाङ १ (१) मा आज उपचुनाव जारी छ ।
इलामा-२ : कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारले गरे मतदान