शपथ ग्रहणका लागि प्रचण्ड शीतल निवासमा

नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

शपथ ग्रहणका लागि प्रचण्ड शीतल निवासमा
काठमाडौं । नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । आइतबार एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड अहिले पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनीसँगै तीनजना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन् ।