शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले केहीलाई थुनामुक्त गर्ने आदेश गरे पनि पूर्वमन्त्री रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहितलाई भने थुनामै पठाउन आदेश दिएको हो।

शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीसहित नक्कली शरणार्थी प्रकरणका ७ प्रतिवादीलाई सर्वोच्च अदालतले थुनामै पठाउने आदेश दिएको छ। उनीहरुलाई थुनामै पठाउने उच्च र जिल्ला अदालतको आदेश सर्वोच्च अदालतले पनि सदर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले केहीलाई थुनामुक्त गर्ने आदेश गरे पनि पूर्वमन्त्री रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहितलाई भने थुनामै पठाउन आदेश दिएको हो। यस्तै केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा। इन्द्रजित राई र सानु भण्डारीलाई पनि थुनामै पठाउने आदेश भएको छ।