साइप्रस गएको ६ महिनामै अस्ताइन् सुमित्रा

परीक्षणका क्रममा चिकित्सकले क्यान्सर रहेको बताए। कस्तो क्यान्सर र कति चरणको भन्ने खुलेको छैन। तर उपचारका क्रममा सोमबार बिहान निकोसिया सहरको जनरल अस्पतालमा उनको मृत्यु भएको नेपाली अवैतनिक वाणिज्य दूतावासले जानकारी दिएको छ।

साइप्रस गएको ६ महिनामै अस्ताइन् सुमित्रा
काठमाडौं । चितवनको भरतपुर-२७, मगनीकी सुमित्रा अधिकारीको स्वास्थ्य साइप्रस आएको २ महिनामै बिग्रियो। परीक्षणका क्रममा चिकित्सकले क्यान्सर रहेको बताए। कस्तो क्यान्सर र कति चरणको भन्ने खुलेको छैन। तर उपचारका क्रममा सोमबार बिहान निकोसिया सहरको जनरल अस्पतालमा उनको मृत्यु भएको नेपाली अवैतनिक वाणिज्य दूतावासले जानकारी दिएको छ। पोस्टमार्टमपछि पक्रिया पूरा गरी शव नेपाल पठाइनेछ। उनी आएको ६ महिना पनि भएको थिएन। नेपालमा मेडिकल गर्दा क्यान्सर किन पत्ता लागेन ? अथवा जाँच नै गरिँदैन भन्ने प्रश्न उठेको छ।