रामप्रसाद घिमिरे, बडिगाड । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-६ मसिन्धारामा आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर ६ समिन्धारास्थित धनबहादुर थापाको घरगोठमा मंगलबार आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, पशुचौपाय सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घर तलको जंगलबाट एक्कासी लागेको आगो घरमा सल्किएर सम्पूर्ण सरसामानलगायत ३ लाख नगद, ९ वटा बाख्रा, १ थान फोन, १ वटा राँगो, ४ वटा माहुरी घारसहित घरभित्र रहेका सबै सामाग्री जलेर नष्ट भएकाे वडा नम्बर ६ का वडा सदस्य मीनबहादुर थापाले बताए । घरगोठमा आगलागी हुँदा थापाको १० जनाको परिवारको बिच्चली भएको छ ।
४ वर्ष विदेशमा रोजगारी गरि फर्केको छोराले ऋण तिर्न ल्याएको ३ लाख समेत आगोमा जलेर खरानी हुँदा थापा परिवार थप पिडामा परेको छ । आगलागीबाट बिचल्ली परेको थापा परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
बडिगाडको एक घरगोठमा आगलागी, ऋण तिर्न छोराले ल्याएकाे तीन लाख पनि आगोमै जल्यो
४ वर्ष विदेशमा रोजगारी गरि फर्केको छोराले ऋण तिर्न ल्याएको ३ लाख समेत आगोमा जलेर खरानी हुँदा थापा परिवार थप पिडामा परेको छ । आगलागीबाट बिचल्ली परेको थापा परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।