कतारका राजा नेपाल आउने भएपछि भोलि देशभर सार्वजनिक बिदा

कतारका अमिर अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ ।

कतारका राजा नेपाल आउने भएपछि भोलि देशभर सार्वजनिक बिदा
काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।