यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरी चल्ने

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरी चल्ने
काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशको तराई भू-भागका केही स्थानमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश र कोशी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।