फाइल तस्बिर
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ। हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। गोरखाका एसपी बासुदेव पाठकका अनुसार बाढीले काठको १५ मिटर लामो एउटा पुल बगाएको छ । ताल रहेको क्षेत्र चुमनुब्री १ सानागाउँबाट झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने पाठकले बताए । सानागाउँ प्रहरी चौकीबाट असईको कमाण्डमा प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको छ। उनले वीरेन्द्र ताल सानै खाले ताल भएको बताए। त्यहाँबाट आएको बाढी बुढीगण्डकीमा मिसिने स्थानीयले बताएका छन्।गोरखामा हिमपाल फुट्यो, खहरेमा आएको बाढीले पुल बगायो
हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। गोरखाका एसपी बासुदेव पाठकका अनुसार बाढीले काठको १५ मिटर लामो एउटा पुल बगाएको छ ।

