आगो निभाउन चोभार गएको दमकल दुर्घटना

काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगो निभाउन गएको काठमाडौं महानगरको दमकल दुर्घटनामा परेको छ । प्रहरी वृत्त कीर्तिपुर चोभारका अनुसार इन्डिन मोडल स्कुल जाने बाटोमा आगलागी भएको थियो ।

आगो निभाउन चोभार गएको दमकल दुर्घटना
कीर्तिपुर । काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगो निभाउन गएको काठमाडौं महानगरको दमकल दुर्घटनामा परेको छ । प्रहरी वृत्त कीर्तिपुर चोभारका अनुसार इन्डिन मोडल स्कुल जाने बाटोमा आगलागी भएको थियो । सो आगलागी नियन्त्रणमा लिन पुगेको महानगरको दमकल दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जना सामान्य घाइते भएका छन् ।