'अन्डरवेयर'मा लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

सुन भारतीय महिला सहिना प्रभिनले भित्री वस्त्रमा लुकाएर ल्याएको प्रहरीले जनाएको छ। प्लास्टिकभित्र राखेर ल्याएको अवस्थामा काँचो सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिए।

'अन्डरवेयर'मा लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फेरि प्रहरीले करिब ८५० ग्राम सुन बरामद गरेको छ। सुन भारतीय महिला सहिना प्रभिनले भित्री वस्त्रमा लुकाएर ल्याएको प्रहरीले जनाएको छ। प्लास्टिकभित्र राखेर ल्याएको अवस्थामा काँचो सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिए। अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनलाई पक्राउ गरिएको थियो। यसअघि बुधवार विमानस्थलबाट एक किलो ७० ग्राम सुन प्रहरीले बरामद गरेको थियो। भारतबाट आइ विमानस्थलमा अवतरण गरेर पार्किङ गरेको इन्डिगो विमानको सिट पछाडी लुकाएर राखिएको अवस्थामा उक्त सुन बरामद गरिएको हो।