काठमाडाैं । नेपालले आज एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्दैछ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपालले आज संयुक्त अरब इमिरेट्ससँग सेमिफाइनल खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरू हुनेछ।
नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।
समूह चरणमा नेपाल अपराजित रह्यो । नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो। युएई नेपालको चिरपरिचित प्रतिद्वन्द्वी हो।
नेपालले युएईसँग अहिलेसम्म ९ वटा टी-२० खेलेको छ। जसमा पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएको छ।
पछिल्लो खेल आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत गत कात्तिकमा खेलेको थियो । मुलपानी क्रिकेट ग्राउण्डमा भएको उक्त खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो।
त्यसअघि नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो।
नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह।
एसिसी प्रिमियर कप : नेपालले आज युएईसँग खेल्ने
समूह चरणमा नेपाल अपराजित रह्यो । नेपालको समूहमा रहेका साउदी अरब, कतार, हङकङ र मलेसिया सबैसँगको खेलमा नेपाल विजयी भएको थियो। युएई नेपालको चिरपरिचित प्रतिद्वन्द्वी हो।

