सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पिस्कर धारवतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको परिचय खुलेको छ ।
मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका १ बस्ने वर्ष १७ का शिव श्रेष्ठ, १८ वर्षका दीपेन्द्र थामी र वर्ष ७० का मानबहादुर थामी रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक निरन्जन भट्टराईले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा बस चालकसहित ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचार भइरहेको छ ।
दोलखा बस्ने वर्ष २१ का स्वस्थानी तामाङ, वर्ष २५ का प्रकाश तामाङ, दोलखा भिमेश्वर नगरपालिका १ वस्ने वर्ष ४४ का ज्ञानबहादुर तामाङ, दोलखाकै वर्ष ३४ का दलबहादुर तामाङ, दोलखा कालिन्चोक ९ बस्ने वर्ष २४ का सिंहबहादुर लामा, दोलखा भिमेश्वर १ का १७ वर्षका ईश्वर थामी र दोलखा सुन्दरावती ९ का १९ वर्षीय लक्ष्मण थामीको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ । बाँकी ४५ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
बेहुलासहित ५२ जना घाइते छन् । बसमा ५५ जना चढेको पाइएको छ । बिहान ७ बजेर २० मिनेटमा दोलखा क्षमावतीबाट त्रिपुरासुन्दरी गाउँपालिका ४ धारवतीमा आउँदै गरेको बा. ४ ख. ५६१६ नम्बरको बस दुर्घटनामा परेको हो ।
जन्ती बस दुर्घटना अपडेट : मृतक तीन जनाको परिचय खुल्यो