गायिका सुम्रिमाको नयाँ गीत 'तारा' सार्वजनिक (भिडियोसहित)

बिकेश मगर र समन महर्जनले संयुक्त छायांकन गरेको भिडिओमा विराज घिमिरेको सह–निर्देशन छ। बिकेश, समन र सुम्निमाले मिलेर भिडिओको सम्पादन गरेका हुन्।

गायिका सुम्रिमाको नयाँ गीत 'तारा' सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गायिका सुम्निमाको गीत तारा सार्वजनिक गरिएको छ। क. टमोटको शब्द, गायिका स्वयंकै संगीत रहेको गीतको भिडिओलाई अभि साम्पाङ राईले निर्देशन गरेका छन्। बिकेश मगर र समन महर्जनले संयुक्त छायांकन गरेको भिडिओमा विराज घिमिरेको सह–निर्देशन छ। बिकेश, समन र सुम्निमाले मिलेर भिडिओको सम्पादन गरेका हुन्। भिडिओमा रंग संयोजन पनि बिकेश मगरकै रहेको छ। यसमा सुमित तामाङ, रजिन तामाङ, दीपेन्द्र तामाङ, राजाराम तामाङ र सम्राट तामाङको नृत्य छ। केही दिनअघि सार्वजनिक गीत सुम्निमाको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ। https://www.youtube.com/watch?v=1h7qRCQK3WU&embeds_referring_euri=https%3A%2F%2Fwww.setopati.com%2F&source_ve_path=MjM4NTE&feature=emb_title