यी हुन् मन्त्रिपरिषद् बैठक पाँच निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सचिवमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठक पाँच निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सचिवमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको छ । १. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाग्मती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायम मुकायम मुकर्रर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने । २. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने । ३. नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने । ४. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा केदारनाथ शर्मालाई बढुवा गर्ने । ५. राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने ।