काठमाडौंका यी ठाउँमा आजदेखि चार दिनसम्म दैनिक ६ घण्टा बिजुली नआउने

त्यसैगरी सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी र कारखाना चोकमा विद्युत् अवरुद्ध हुनेछ।

काठमाडौंका यी ठाउँमा आजदेखि चार दिनसम्म दैनिक ६ घण्टा बिजुली नआउने
काठमाडौं । आजदेखि चार दिनसम्म काठमाडौंका केही स्थानमा दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको मर्मत गर्न विद्युत् कटौती गर्न लागिएको जनाएको छ। बुधबारदेखि हरेक बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। त्यसैगरी सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी र कारखाना चोकमा विद्युत् अवरुद्ध हुनेछ। सशस्त्र प्रहरी बल, प्रधान कार्यालय हलचोक क्षेत्र, सानो भर्‍याङ, ठूलो भर्‍याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र तरकारी बजारलगायत स्थानमा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर (तार) ले बदली गरी मर्मत कार्य गर्न लागिएको विद्युत् कटौती गर्नुपर्ने बाध्यता आइपरेको जनाएको छ।