बढ्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।

बढ्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य 
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो। भारतबाट मूल्य बढेर आएका कारण बढाउनुपरेको निगमले सोमबार जारी गरेको विज्ञतिमा जनाइएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ।