बागलुङ । प्रभु बैंकले पोखरा महानगरपालिका–१५ नयाँगाउँमा ५४ औं शाखा विस्तार गरेको छ । शाखा आजदेखि सञ्चालनमा आएकाे हाे ।
प्रभु बैंक नयाँ गाउँ शाखाको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचन गौचनले गरिन् । प्रभु बैंकको नयाँगाउँमा शाखा विस्तार भएसङ्गै देशभर ३ सय २ शाखा भएका छन् ।
नयाँगाउँ शाखाको उद्घाटनपछि बोल्दै प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शेरचनले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैकिङ सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नयाँगाउँमा शाखा विस्तार गरेको बताइन् ।
‘देशको आर्थिक विकासमा सकारात्मक टेवा पु¥याउन बैंकिङ क्षेत्रको योगदान छ,' उनले भनिन्, 'आशा छ तपाईंहरूले हामीलाई अझै विश्वास गर्नुहुनेछ ।’
पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरण बाँनियाले वडाभित्र नै बैंकको शाखा विस्तार हुँदा सर्वसाधारणदेखि स्थानीयहरूलाई बैंकिङ कारोवारमा सहज हुने बताए ।
पोखराको नयाँ गाउँमा प्रभु बैंकको शाखा विस्तार
प्रभु बैंक नयाँ गाउँ शाखाको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचन गौचनले गरिन् । प्रभु बैंक लिमिटेडको नयाँगाउँमा शाखा विस्तार भएसङ्गै देशभर ३ सय २ शाखा सञ्चालन भएको छ ।

