हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो ।

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।