काठमाडौं । डा. बाबुराम भट्टराईसँग लामो समय सहकार्य गरेका विश्वदीप पाण्डेले नेपाल समाजवादी पार्टी छाडेको घोषणा गरेका छन् ।
सोमबार फेसबुकमा स्टाटस लेख्दै पाण्डेले समाजवादी पार्टी छाडेको घोषणा गरेका हुन् । उनी नेसपाको राजनीतिक समितिका सदस्य थिए ।
तत्कालीन नेकपा माओवादी भूमिगत हुँदादेखि नै पाण्डे डा. भट्टराईको स्वकीय सचिव थिए । त्यसयता पाण्डे लगातार भट्टराईनिकट रहेर काम गर्दै आएका थिए ।
नेसपामा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा दुई धार देखिएको छ । जसका कारण पार्टीभित्र तीव्र विवाद बढिरहेको छ । यस्तो अवस्थामा पाण्डेले नेसपा छाडेको घोषणा गरेका हुन् । नेसपा छाडेका पाण्डे माओवादी केन्द्रमा फर्कने तयारीमा रहेको बताइन्छ ।
बाबुराम भट्टराईका स्वकीय सचिवले पनि छाडे पार्टी
तत्कालीन नेकपा माओवादी भूमिगत हुँदादेखि नै पाण्डे डा. भट्टराईको स्वकीय सचिव थिए । त्यसयता पाण्डे लगातार भट्टराईनिकट रहेर काम गर्दै आएका थिए ।

