बागलुङ । चरेस मुद्दामा थुनाको रूपमा बस्दै आएका जेष्ठ नागरिक मित्रबहादुर घर्तीमगरलाई निसीखोला गाउँपालिकाले थुनामुक्त भएका छन् ।
लागूऔषध (चरेस) मुद्दामा जेष्ठ नागरिक हेरचाह केन्द्रमा बस्दै आएका घर्तीलाई शनिबार थुनामुक्त गरिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले जानकारी दिए ।
'जिल्ला अदालतको फैसाला अनुसार उहाँ (मित्रबहादुर घर्ती) लाई कारागार पठाइएको थियो,' उपाध्यक्ष घर्तीले भने, 'जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ अनुसार जिल्ला कारागार कार्यालय बागलुङले तीन महिनाअघि गाउँपालिका पालिकाको हेरचाह केन्द्रमा थुनाको रूपमा बस्ने गरी पठाएको थियो ।'
उनका अनुसार थुनामा बस्ने अवधि पूरा भएपछि घर्तीलाई शनिबार गाउँपालिकाले थुनामुक्त गरेको हो ।

