काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।
सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।
बालकोटमा एमाले, माओवादी, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतबीचको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । अहिले सहमतिपत्र तयार भइरहेको छ ।
‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । यसको ड्राफ्ट तयार हुँदै छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
बालकोट बैठक : एमालेले राष्ट्रपति र सभामुख लिने
सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

