काठमाडौंमा आज मेघगर्जनसहितको वर्षा हुने अनुमान

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार दिउँसोदेखि साँझसम्म काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावना देखिएको हो।

काठमाडौंमा आज मेघगर्जनसहितको वर्षा हुने अनुमान
काठमाडौं । आज देशका विभिन्न स्थानसँगै काठमाडौं उपत्यकामा पनि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार दिउँसोदेखि साँझसम्म काठमाडौं उपत्यकामा हल्का वर्षाको सम्भावना देखिएको हो। ‘दिउँसो २, ३ बजेपछि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना देखिएको छ’, उनले भने, ‘अलिअलि हावाहुरी पनि चल्ने सम्भावना छ।’ अहिले भने काठमाडौं उपत्यकाको आकाशमा अलिअलि मात्र बादल रहेको तर मध्याह्नपछि बादल बढ्दै जाने अनुमान रहेको मौसमविद् अर्यालले बताए। ‘आज पनि काठमाडौँ उपत्यकाको भिजिबिलिटी राम्रो छैन, ३५ सय मिटर मात्र छ’, उनले भने, ‘तुवाँलो लाग्ने क्रम जारी छ।’