काठमाडौं । एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् ।
नयाँ सरकार गठनका लागि बालकोटमा भएको छलफलमा यस्तो सहमति भएको हो । बालकोटको छलफलपछि हस्ताक्षर लिएर राष्ट्रपतिकोमा जाने तयारी भइरहेको छलफलमा सहभागी एक नेताले बताए ।
छलफलमा ओलीसँगै एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन् भने माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि सहभागी छन् । उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई समेत सहभागी रहेका थिए ।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।
बालकोट बैठकको निष्कर्ष : प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति
नयाँ सरकार गठनका लागि बालकोटमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

