काठमाडौं । काठमाडौंको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म प्रदर्शनमा गरिएको निषेध सरकारले हटाएको छ। निषेधित क्षेत्र तोक्ने काठमाडौं जिल्ला प्रशासनको आदेश फिर्ता लिइएको हो।
प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी निषेधित क्षेत्र कायम नरहेको जानकारी दिएको छ।
प्रशासनले पछिल्लोपल्ट २०८० फागुन ४ गते २ महिनासम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरी काठमाडौं जिल्लाका विभिन्न स्थानलाई तोकेर निषेध आदेश जारी गरेको थियो।
हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिस अनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ देखि उक्त निषेध आदेश कायम नरहने सूचनामा उल्लेख गरिएको छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्षसँगै तीन सुरुवात भन्दै काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको, ठमेल र दरबारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित २४ सै घण्टा खुलाइएको र आन्दोलनका क्रममा भएको क्षतिको आन्दोलनका क्रममा भएको भर्पाई प्रदर्शनकारी पक्षबाट उठाइने निर्णय लिएको जानकारी सार्वजनिक गरेका छन्।
माइतीघर-बानेश्वर क्षेत्रमा लगाइएको निषेध हटाइयो