नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

मलेसियाका लागि विरनदीप सिंहले ३, मोहम्मद वाफिक र पवनदीप सिंहले एकएक विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो ।

नेपालद्वारा मलेसिया ५ विकेटले पराजित
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले २४ बलमा तीन चौकासहित २४ रन बनाए । त्यस्तै आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए । मलेसियाका लागि विरनदीप सिंहले ३, मोहम्मद वाफिक र पवनदीप सिंहले एकएक विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो । मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।