त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

उपकुलपति प्रा डा. केशरजंग बरालले उनीहरूलाई चैत १५ गते नै सिफारिस गरेका थिए। बरालले स्वतन्त्र रूपमा टिम बनाउन नपाउने हो भने त्रिविमा काम गर्न नसकिने र सुधारको प्रयास पनि सफल नहुने भन्दै अडान लिएका थिए ।

त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त
काठमाडौं । विश्वविद्यालयको रेक्टर पदमा प्राध्यापक खड्ग केसी र रजिष्ट्रार प्राध्यापक केदार रिजाल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन्। उपकुलपति प्रा डा. केशरजंग बरालले उनीहरूलाई चैत १५ गते नै सिफारिस गरेका थिए। बरालले स्वतन्त्र रूपमा टिम बनाउन नपाउने हो भने त्रिविमा काम गर्न नसकिने र सुधारको प्रयास पनि सफल नहुने भन्दै अडान लिएका थिए । केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग र रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन्।