घरमा सकेट बम राखेर बुद्धचित्तकाे रुख काटियो

बुद्ध चित्तको मुल मालाको पुरानो बोट काटेर तीन घरको आँगनमा ४ वटा सकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए । उनका अनुसार अहिले घटनास्थलमा सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेना खटिएका छन् ।

घरमा सकेट बम राखेर बुद्धचित्तकाे रुख काटियो
काठमाडौं । काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेर घरमा सकेट बम राखेको फेला परेको छ । मध्यरातमा काभ्रेको रोशी गाउँपालिका-५ नागबेलीस्थित ठाकुरानी तामाङको घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको हो । बुद्ध चित्तको मुल मालाको पुरानो बोट काटेर तीन घरको आँगनमा ४ वटा सकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए । उनका अनुसार अहिले घटनास्थलमा सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेना खटिएका छन् । १५/२० जनाको अज्ञात समूहले रुख काटेको पाइएको र केही शंकास्पदलाई पक्राउ गरी सोधपुछ अघि बढाएको उनले बताए । घरको आँगनमा राखिएको विस्फोटक पदार्थसँगै जनमुक्ति सेनाको पर्चा पनि फेला परेको छ ।