भारतमा जिप दुर्घटना, ७ नेपालीको मृत्यु (नामसहित)

सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो। नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्। मृतक र घाइतेको भारतीय प्रहरीले उद्धार गरेको छ।

भारतमा जिप दुर्घटना, ७ नेपालीको मृत्यु (नामसहित)
काठमाडौं । भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय सञ्चार माध्यमकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन् । दुर्घटनामा छोटु चौधरी र जनक घाइते छन् । मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ। सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो। नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्।