नेशनल मेडिकल कजेलमा प्रहरीको छापा

सोमबार दिउँसो प्रहरीले कलेजमा छापा मारेको हो। मिति गुज्रिएका सामग्री प्रयोग गरेको उजुरीका आधारमा प्रहरीले छापा हानेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेशनल मेडिकल कजेलमा प्रहरीको छापा
काठमाडौं । वीरगन्जको नेशनल मेडिकल कलेजमा जिल्ला प्रहरी कार्यालय, पर्साले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एमडी सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह रहेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । उनका अनुसार ल्याबबाट मिति गुज्रिएका सामान समेत बरामद भएको छ। सोमबार दिउँसो प्रहरीले कलेजमा छापा मारेको हो। मिति गुज्रिएका सामग्री प्रयोग गरेको उजुरीका आधारमा प्रहरीले छापा हानेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।