काठमाडौं । संसद् खुलाउन प्रधानमन्त्री प्रचण्ड सक्रिय भएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि उनले सभामुखसहित सत्ता साझेदार तथा प्रमुख प्रतिपक्षी दलका नेतासँग बालुवाटारमा छलफल गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलगायत सहभागी छन्।
छलफल जारी रहेको स्रोतले जनाएको छ।
सभामुखसहित विपक्षी दलका नेताहरूसँग छलफलमा प्रधानमन्त्री
मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि उनले सभामुखसहित सत्ता साझेदार तथा प्रमुख प्रतिपक्षी दलका नेतासँग बालुवाटारमा छलफल गरेका छन्।