बडिगाडमा सर्वदलीय बैठक बस्न नसक्दा मतगणना अनिश्चत

बागलुङ । बागलुङ बडिगाड गाउँपालिकामा सर्वदलीय बैठक बस्न नसक्दा मत गणना अनिश्चत भएको छ । बिहान ८ बजे बोलाइएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरु उपस्थित नहुँदा अनिश्चत भएको हो । निर्वाचन अधिकृत सीतादेवी सुवेदीका अनुसार नेकपा एमालेले पार्टीको बैठक बसिरहेकाले ढिला भएको जानकारी दिइन् ।…

बडिगाडमा सर्वदलीय बैठक बस्न नसक्दा मतगणना अनिश्चत
बागलुङ । बागलुङ बडिगाड गाउँपालिकामा सर्वदलीय बैठक बस्न नसक्दा मत गणना अनिश्चत भएको छ । बिहान ८ बजे बोलाइएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरु उपस्थित नहुँदा अनिश्चत भएको हो । निर्वाचन अधिकृत सीतादेवी सुवेदीका अनुसार नेकपा एमालेले पार्टीको बैठक बसिरहेकाले ढिला भएको जानकारी दिइन् । ‘हिजो दिउँसो बडिगाड –४ जलजलाको गुफा आधाभूत विद्यालय मतदान केन्द्रबाट ३ः३० बजे एमालेका प्रतिनिधिले मतदानस्थल छाडेर हिड्नुभएको रहेछ,’ उनले भनिन्, ‘उहाँहरुले आएर पनि उजुरी दिनुभएको छ, कर्मचारी र सुरक्षासँग बुझ्दा शान्त वातावरणमा सम्पन्न भएको भन्नुभएको छ, अहिले सर्वदलीय बैठकमा बसेर थप छलफल गछौं ।’