नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्राचार गरेकी थिइन् । त्यही पत्रका आधारमा सभामुख भीमबहादुर भण्डारीको तोक आदेशबमोजिम प्रदेशसभा सचिवालयले गिरी पदमुक्त भएको सूचना निकालेको हो ।

नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट प्रदेशसभा सदस्य बनेकी इन्दिरा गिरी पदमुक्त भएकी छन् । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्राचार गरेकी थिइन् । त्यही पत्रका आधारमा सभामुख भीमबहादुर भण्डारीको तोक आदेशबमोजिम प्रदेशसभा सचिवालयले गिरी पदमुक्त भएको सूचना निकालेको हो । 'सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवलयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सचिवालयले निकालेको सूचनामा भनिएको छ । अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षको विवादका कारण गिरीले पद गुमाएकी हुन् ।