काठमाडौं । सर्लाहीको हरिवनमा रहेको मनकामना सहकारी संस्थामा आगलागी भएको छ।
हरिवन नगरपालिका ११ हरिवन बजारमा रहेको मनाकामना सहकारी संस्थामा आइतबार बिहान आगलागी भएको हो। अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ। हरिवन नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।
संस्थाको कार्यालय भित्रबाट धुँवाको मुस्लो देखेपछि स्थानीयले प्रहरीललाई खबर गरेका हुन्। अहिले ठूलो संख्यामा स्थानीय र प्रहरी आगो निभाउन घटनास्थलमा खटिएका छन् ।
मनकामना सहकारीमा लाग्यो आगो
हरिवन नगरपालिका ११ हरिवन बजारमा रहेको मनाकामना सहकारी संस्थामा आइतबार बिहान आगलागी भएको हो। अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ। हरिवन नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।