इलाम-२ मा एमालेका सुहाङसहित ६ जनाले गरे उम्मेदवारी दर्ता

समानुपातिकतर्फ भने एमाले पहिलो दल बनेको थियो । एमालेले २६ हजार ५६२ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार ३३३ मत ल्याएको थियो । माओवादीले ५१५३ मत मात्रै पायो । रास्वपाले ४६८६ मत प्राप्त गरेको थियो ।

इलाम-२ मा एमालेका सुहाङसहित ६ जनाले गरे उम्मेदवारी दर्ता
काठमाडाैं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका जीतबहादुर लिम्बूसहित ६ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म नेकपा एमालेका  सुहाङ नेम्बाङसहित नेकपा (एकीकृत समाजवादी)बाट जितबहादुर राई‚जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)‚ नेमकिपाबाट श्यामबहादुर दर्जी‚ मंगोल नेसनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बू र डाकप्रसाद गौतमले स्वतन्त रूपमा उमेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका ईन्द्रकुमार श्रेष्ठका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पनि उम्मेदवारी दर्ता गराउँदैछन् । गत (२०७९) चुनावमा इलाम-२ बाट जितेका नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि आगामी वैशाख १५ मा सोही क्षेत्रमा उपनिर्वाचनमा हुँदैछ । अघिल्लोपटक सुवास नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए । गत निर्वाचनमा इलाममा नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । रास्वपाका प्रकाश सापकोटाले इलाम २ मा १३८० ल्याएका थिए । प्रत्यक्षतर्फ कांग्रेसलाई माओवादीको समर्थन थियो । एमाले एक्लै चुनावमा भिडेको थियो । अघिल्लोपटक एमाले एक्लै भिडे जस्तै यसपटक कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । समानुपातिकतर्फ भने एमाले पहिलो दल बनेको थियो । एमालेले २६ हजार ५६२ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार ३३३ मत ल्याएको थियो । माओवादीले ५१५३ मत मात्रै पायो । रास्वपाले ४६८६ मत प्राप्त गरेको थियो ।