दुई डीएसपीको सरूवा

शुक्रबारको निर्णय अनुसार नारायण रंजितकारलाई नेपाल प्रहरी विद्यालय साँगा काभ्रेपलाञ्चोक र दिनेश घिमिरेलाई नेपाल प्रहरी सिंहदबार सुरक्षा गणमा सरुवा गरिएको छ ।

दुई डीएसपीको सरूवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई डीएसपी (प्रहरी नायव उपरीक्षक)काे सरुवा गरेको छ । शुक्रबारको निर्णय अनुसार नारायण रंजितकारलाई नेपाल प्रहरी विद्यालय साँगा काभ्रेपलाञ्चोक र दिनेश घिमिरेलाई नेपाल प्रहरी सिंहदबार सुरक्षा गणमा सरुवा गरिएको हाे । रंजितकारको लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय कोटेश्वर र घिमिरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा दरबन्दी रहेको थियो ।