५ करोड क्षतिपूर्ति माग गर्दै निकिता पौडेलले हालिन् मिडियाविरुद्ध मुद्दा

पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ र २ बमोजिमको मागदावी लिएर मुद्दा दायर गरेकी हुन्। उक्त दफामा बेइज्जती गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना तथा मनासिव क्षतिपूर्ति र मुद्दा गर्दाको खर्च समेत भराउनुपर्ने कानुनी व्यवस्था छ।

५ करोड क्षतिपूर्ति माग गर्दै निकिता पौडेलले हालिन् मिडियाविरुद्ध मुद्दा
काठमाडौं । उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमका अध्यक्ष, प्रकाशक र सम्पादकविरुद्ध मुद्दा हालेकी छन्। पौडेलले काठमाडौं जिल्ला अदालतमा लिखत गाली बेइजतीको कसुरमा आज २९ जनाविरुद्ध मुद्दा दर्ता गराएकी अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । उनका अनुसार गृहमन्त्री पत्नी पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलाइन खबर, उकेरा, अर्थ सरकोकार र जनआस्था मिडियाका अध्यक्ष, प्रकाशक र सम्पादकलाई विपक्षी बनाएकी छन्। उनले आफ्नो नाम जोडेर सहकारीका विषयमा समाचार लेखेको आरोप लगाउँदै दायर मुद्दामा हरेक प्रतिवादीलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तथा जनही ५ करोड क्षतिपूर्तिको माग गरेकी छन्। पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ र २ बमोजिमको मागदावी लिएर मुद्दा दायर गरेकी हुन्। उक्त दफामा बेइज्जती गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना तथा मनासिव क्षतिपूर्ति र मुद्दा गर्दाको खर्च समेत भराउनुपर्ने कानुनी व्यवस्था छ। साई स्वागत सहकारी संस्थाको रकम हिनामिना प्रकरणको समाचारमा पौडेलको नाम उल्लेख थियो। पौडेल उक्त सहकारीकी निवर्तमान उपाध्यक्ष हुन्।