काठमाडौं । अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री पाण्डेले बुधवार (आज) राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
केन्द्रमा गठबन्धन फेरिएपछि त्यसको प्रभावले माओवादी केन्द्रले फागुन २३ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका संसदीय दलका नेता पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
राजीनामाबारे छलफल गर्न मुख्यमन्त्रीले मंगलवार कांग्रेस संसदीय दलको बैठक राखेका थिए । बैठकपछि मुख्यमन्त्रीले राजीनामा दिने विषय सार्वजनिक भएको हो ।
आफ्नो सरकार जोगाउन एक महिनाभित्र मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपथ्र्यो । तर, पाण्डेले आफ्नो सरकार जोगाउनलाई नयाँ नीति अपनाएको विश्लेषण गरिएको छ ।
किनकि, गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म नयाँ गठबन्धनलाई बहुमत पुग्ने अवस्था छैन । यस्तोमा प्रदेश प्रमुखले पुनः ठूलो दल कांग्रेसलाई नै सरकार बनाउन आह्वान गर्ने र फेरि आफ्नै सरकार बन्न सक्ने आकलन पाण्डेको छ ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने
केन्द्रमा गठबन्धन फेरिएपछि त्यसको प्रभावले माओवादी केन्द्रले फागुन २३ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका संसदीय दलका नेता पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।