सुनको मूल्यमा नयाँ रेकर्ड

महासंघका अनुसार सोमबार चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार हुँदैछ । आइतबार चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । सुनको भाउले आज सोमबार फेरी नयाँ रेकर्ड राखेको छ । तोलामा १६ सय रुैयाँले बढेर आज नयाँ रेकर्ड राखेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ । शुक्रबार र आइतबार भने छापावाल सुन १ लाख ३० हजार रुपैयाँमा खरिदविक्री भएको थियो । आज तेजाबी सुनले प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । महासंघका अनुसार सोमबार चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार हुँदैछ । आइतबार चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा खरिदविक्री भएको थियो ।