मौसम : बदली र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी र बागमतीका पहाडी भूभागमा आंशिक बदली छ ।

मौसम : बदली र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी र बागमतीका पहाडी भूभागमा आंशिक बदली छ । आज दिउँसो सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबार मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।