मेडिकल उपकरण खरिदमा भ्रष्टाचार : बसेरा होटलका सञ्चालकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले पण्डितसहित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको हो ।

मेडिकल उपकरण खरिदमा भ्रष्टाचार : बसेरा होटलका सञ्चालकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । कोरोना महामारीका बेला मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितलगायत ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । व्यवसायी पण्डित सिंहदरबार प्रवेशद्धार अघिको बसेरा बुटिक होटलका सञ्चालक समेत हुन् । अख्तियारले पण्डितसहित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरु माथि कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा दुई करोड ८९ लाख भ्रष्टाचार गरेको आरोप छ ।