काठमाडौं । हाल नेपालमा स्थानीय वायुको तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। महाशाखाले दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ जनाएको छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख छ।
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। महाशाखाले दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ जनाएको छ।

