काठमाडौं उपत्यकामा आज मेघगर्जनसहितको वर्षा हुने

आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाश २६ देखि ५० प्रतिशतसम्म बादलले ढाकिएको अवस्था हो। मौसमविद् पुडासैनीले आज दिउँसोतिर काठमाडौं उपत्यकामा पनि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको जानकारी दिए।

काठमाडौं उपत्यकामा आज मेघगर्जनसहितको वर्षा हुने
काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यतिबेला उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा छ। आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाश २६ देखि ५० प्रतिशतसम्म बादलले ढाकिएको अवस्था हो। मौसमविद् पुडासैनीले आज दिउँसोतिर काठमाडौं उपत्यकामा पनि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको जानकारी दिए। ‘हिजो भन्दा आज उपत्यकामा वर्षाको सम्भावना अलि बढी देखिएको छ’, उनले भने, ‘हिजो उपत्यकामा वर्षाको सम्भावना १० प्रतिशत मात्र देखिएको थियो भने आज ४० प्रतिशत सम्भावना छ।’ उनले हिजो (शुक्रबार) दिउँसो पनि उपत्यकाका एक दुई स्थानमा फाटफुट वर्षा भएको पाइएको बताए।