इलाम-२ : माओवादी त्यागेका मिलन लिम्बूलाई रास्वापाले दियो टिकट

बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये भर्खरै नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।

इलाम-२ : माओवादी त्यागेका मिलन लिम्बूलाई रास्वापाले दियो टिकट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई टिकट दिएको छ। बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये भर्खरै नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। लिम्बू नेकपा माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवारीको तयारीमा थिए। तर रास्वपा सभापति रवि लामिछानेले उनलाई इलाम २ को टिकट दिने बचनसहित संवाद गरेका थिए। पार्टीभित्रै उचित उम्मेदवार भेटाउन नसकेपछि रास्वपाले आदिवासी जनजाति पत्रकार संघका महासचिवसमेत रहेका लिम्बूलाई सदस्यतासँगै इलाम २ को उम्मेदवार पनि बनाएको हो। रास्वपाले बुधबार प्राइमरी इलेक्सनका लागि सार्वजनिक गरेको सूचीमा मिलन पाँचौँ नम्बरमा थिए।