माओवादी पदाधिकारी बैठक बालुवाटारमा शुरु

बैठकमा वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन्। इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ।

माओवादी पदाधिकारी बैठक बालुवाटारमा शुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको माआवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। बैठकमा वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन्। इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ। यहीबीचमा माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत आफ्नै उम्मेद्वार टुंग्याउने तयारी गरेको आकंलन गरिएको छ।