त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

उनका अनुसार विमानस्थलको आगमन पार्किङ एरियामा शंकास्पद तरिकाले उभिरहेको अवस्थामा दिउँसो शर्मालाई पक्राउ गरिएको हो। शर्मालाई विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको उनले बताए।

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार सिरहाको धनगढीमाई नगरपालिका ११ का २३ वर्षीय पुरूषोत्तम शर्मालाई ५० ग्राम सुनसहित पक्राउ गरिएको एसपी अवदेश विष्टले जानकारी दिए। उनका अनुसार विमानस्थलको आगमन पार्किङ एरियामा शंकास्पद तरिकाले उभिरहेको अवस्थामा दिउँसो शर्मालाई पक्राउ गरिएको हो। शर्मालाई विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको उनले बताए।