काठमाडौं । कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्। होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ । पुलबाट नदीमा हाम फालेका व्यक्ति खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ ।
नं. ७ वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक सई को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी साढे २ बजे घटनास्थलमा परिचालन भएको बताइएको छ । प्रहरीका अनुसार फोटा खिच्न भन्दै युवाहरुको समूह कर्णाली पुलमा पुगेको थियो । पछि उनीहरु नदीमा हाम फालेका थिए ।
कर्णाली पुलबाट हामफालेका व्यक्ति खोज्न गोताखोर टोली परिचालन
बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

