काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकाकी ७ वर्षीया सेन्जल शाहीको उपचारकै क्रममा निधन भएको छ । आइतबार उपचारकै क्रममा उनको निधन भएको हो । पत्रकार राजु सुवेदीले कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा निधन भएको बताएका छन् ।
शाहीको किड्नीमा समस्या आएर चैत ६ गते राति ११ बजे बुटवलबाट काठमाडौं ल्याइएको थियो। उनकाे विगत १६ दिन अगाडि बुटवलको आम्दा अस्पतालमा उपचार गरिएकाे थियाे । उक्त अस्पतालम उपचार हुन नसकेपछि अस्पतालले काठमाडौंको कान्ति बाल अस्पतालमा रिफर गरेको थियो ।
काठमाडौं ल्याउँदा उनलाई बाटोमा श्वासप्रश्वासमा समस्या आएकोले उनको अवस्था नाजुक बनेकाे थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने थियो तर, कान्ति बाल अस्पतालले भेन्टिलेटर नभएकोले उपचार गर्न मानेको थिएन। अस्पतालमा भेन्टिलेटर नभएकोले अन्त लगेर उपचार गर्न अस्पतालले भनेको थियो। त्यसपछि उनको नेपाल भारत मैत्री अस्पतालमा उपचार भैरहेको थियो।
कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी निसीखोलाकी सेन्जल शाहीको निधन
आइतबार उपचारकै क्रममा उनको निधन भएको हो । पत्रकार राजु सुवेदीले कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा निधन भएको बताएका छन् ।

