खप्तडको छेडेदहतालमा डुंगा पल्टिँदा एक जना बेपत्ता

बेपत्ता हुनेमा खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अचानक तालमा डुङ्गा पल्टिँदा रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराकाप्रहरी नायवनिरीक्षक सुरेश भण्डारीले जानकारी दिए ।

खप्तडको छेडेदहतालमा डुंगा पल्टिँदा एक जना बेपत्ता
बाजुरा । जिल्लाको खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेहदतालमा डुङ्गा पल्टिँदा आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  अचानक तालमा डुङ्गा पल्टिँदा  रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराकाप्रहरी नायवनिरीक्षक सुरेश भण्डारीले  जानकारी दिए । डुङ्गामा सवार अन्य ६ जना पौडी खेलेर सकुशल रहेको उनले जानकारी दिए । बेपत्ता रावतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।