काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एमालेले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले स्व. सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
पूर्व सभामुख समेत रहेका प्रतिनिधि सभाका सदस्य सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभाको सो क्षेत्र रिक्त भएको थियो । यस्तै, एमालेले बझाङमा हुने प्रदेश सभा निर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
इमाल-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय